समखबर संवाददाता


0 प्रतिक्रिया

904

मेलौलीको मेयरमा माओवादीका भूकम्प र उपमेयरमा कांग्रेसका विष्ट विजयी

२०७९ जेष्ठ २
बैतडी
समखबर संवाददाता

1.1K

बैतडीको मेलौली नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) तीन हजार ९६ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जगदीश सिंह नायकले दुई हजार ३ सय ७६ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका पार्वती बोहरा विष्टले दुई हजार ९ सय २७ मत ल्याएर विजयी हुँदा एमालेका हेमन्ती नायकले दुई हजार ४ सय ८ मत ल्याएका छन् ।

वडाहरुमा भने मेलौली १ मा एमालेका सरद सिंह नेगी, २ मा काग्रेसमा कृष्णदत्त भट्ट, ३ मा कांग्रेसकै गगन भाट, ४ मा माओवादी हर्कबहादुर चन्द, ५ मा काग्रेसका भरत पुजारा, ६ मा ओवादीका तारा दत्त भट्ट, ७ मा माओवादीकै रामचन्द्र भट्ट, ८ मा एमालेका तपेन्द्र विष्ट र ९ मा कांग्रेसका लोकराज भट्ट विजय भएका छन् ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *