समखबर संवाददाता


0 प्रतिक्रिया

888

इलामको चुलाचुलीमा गठबन्धनबाट अध्यक्ष निर्वाचित, उपाध्यक्षमा एमाले

२०७९ जेष्ठ ३
इलाम
समखबर संवाददाता

1.1K

इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । केरुङले नेकपा एमालेका उम्मेदवार ओम नारायण खनाललाई भारी मतान्तरले पराजित गरेका हुन् ।

केरुङले ६ हजार ६ सय ५० मत पाउँदा खनालले ३ हजार ७ सय ५५ मात्रै मत पाएका छन् । यसअघि चुचालुली गाउँपालिकामा एमालेको नेतृत्व थियो ।

उनै केरुङलाई हराउँदै एमालेका प्रदिपचन्द्र राई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छिन् ।

उनले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सुक बहादुर लावतीलाई पराजित गरेकी हुन् । लिम्बुले ४ हजार ४ सय ५० मत पाएकी छिन भने लावतीले ३ हजार ४ सय ४२ मत प्राप्त गरेका छन् ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *