समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

सिंगो स्थानीय सरकारमा एक दल !

२०७९ जेष्ठ ३
काठमाडौं
समखबर संवाददाता

1.7K

स्थानीय तह निर्वाचनको रोचक परिणाम आउँदैछ । हालसम्म तीन स्थानीय तहमा एक दलका उम्मेदवारहरू मात्र निर्वाचित भएका छन् । अन्य दलको स्थिति शून्य छ । अर्थात् एक दलले अन्य दललाई ‘क्लीन स्वीप’ गरिदिएको छ । ती स्थानीय तहहरू हुन्, निस्दी र पूर्वखोला गाउँपालिका तथा भक्तपुर नगरपालिका ।

नेकपा एमालेले निस्दी र पूर्वखोला गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै दुवै गाउँपालिकामा ‘क्लीन स्वीप’ गरेको हो ।

पूर्वखोलाको अध्यक्षमा एमालेका नुनबहादुर थापा र उपाध्यक्षमा एमालेकै भागिरथि शर्मा ‘भट्टराई’ निर्वाचित भए भने ६ वटै अध्यक्षमा एमालेकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भए ।

निस्दीमा पनि एमालेकै मुक्तबहादुर सारु अध्यक्ष तथा तिरनकुमारी श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुँदा गाउँपालिकाको सातै वडामा एमालेकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भएका हुन् ।

गठबन्धन दलका उम्मेदवारहरूको घेराबन्दी तोडेर एमाले उम्मेदवारहरूले दुवै गाउँपालिकामा जितेका हुन् ।

एमालेले अघिल्लो पटक देशका धेरै स्थानीय तहमा ‘क्लीन स्वीप’ गरेको थियो । प्रदेश १ को धनकुटाको सबै स्थानीय तहमा ‘क्लीन स्वीप’ गरेको थियो ।

माओवादीले पनि रुकुम र रोल्पामा क्लीन स्वीप गरेको थियो । तर, यस पटक माओवादीले कहीँ पनि त्यसरी जित निकाल्न सकेको छैन ।

संसद्‍मा एक सिट रहेको नेपाल मजुदर किसान पार्टीले भने भक्तपुर नगरपालिकामा यस पटक पनि क्लीन स्वीप गरेको छ ।

त्यहाँको नगर प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीसँगै १० वटै वडामा उक्त पार्टीका सबै उम्मेदवारले फराकिलो मतान्तरसहित कांग्रेस, एमाले, माओवादीलगायत उम्मेदारहरूलाई पराजित गरेका हुन् ।

अघिल्लो पटक पनि त्यहाँ उक्त पार्टीले क्लीन स्वीप गरेको थियो ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *