समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

कालिकोटको नरहरिनाथ गाउँपालिकामा कांग्रेसका विष्ट विजयी

२०७९ जेष्ठ ३
सुर्खेत
समखबर संवाददाता

1.4K

कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन् । । मंगलबार सार्वजनिक मतपरिमाणअनुसार विष्टले २ हजार ६ सय ३६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर विष्टले २ हजार ४ सय ४५ मत ल्याएका थिए ।

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी भएका छन् । उनले दुई हजार नौ सय १७ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी सीता रावलले दुई हजार दुई सय ८३ मत पाएकी छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका नेत्रविक्रम विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एटम बिसीले १ हजार ९ मत पाए । यस गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन रहेको थियो ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *