समखबर संवाददाता


0 प्रतिक्रिया

660

ढोरपाटन नगरप्रमुखमा एमालेका देव कुमार नेपाली पुनः विजयी

२०७९ जेष्ठ ३
बागलुङ
समखबर संवाददाता

825

बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली पुनः विजयी भएका छन् ।
संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्यकालको लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

नेपालीले ५ हजार ७ सय ३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १ सय ३५ मत प्राप्त गरेको छ । नगरपालिकाको उपमेयरमा पाँच दलीय गठबन्धनका धनबहादुर कायत विजयी भएको छ । नेपाली काँग्रेसका कायतले ५ हजार ६ सय ५० मत प्राप्त भएको छ । उपमेयरमा राष्ट्रिय जनमोर्चा (विद्रोही समहु) का ताराकुमारी पुनले ४ हजार ४ सय ८४ मत प्राप्त भएको छ । पुनले नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका थिए ।

यस्तै वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका बानबहादुर छन्त्याल ६ सय ८२ मत प्राप्त गरी विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री ७ सय २८ मत प्राप्त गरी विजयी भएका छन् ।

825

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *