समखबर संवाददाता


0 प्रतिक्रिया

820

पोखराको मेयरमा गठबन्धनको साढे १८ सयको अग्रता

२०७९ जेष्ठ ४
काठमाडाैं
समखबर संवाददाता

1K

पोखरामा गठबन्धनले अग्रता करिव २ हजार पुर्‍याउन लागेको छ । मिश्रित दावी गरिएका वडाहरुको गणनामा गठबन्धन अघि देखिएको छ । मेयरमा धनराज आचार्यले १ हजार ८ सय ४५ मत अग्रता लिएका छन् । उनले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनकी कोपीला रानाभाट भने झिनो अन्तरले अगाडि  छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छिन् । कोपीलाको १४ हजार ६ सय ६६ मत आउँदा मन्जुको १४ हजार २ सय ७५ मत छ । हालसम्म ३४ हजार ६ सय १७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *