समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

विद्युत् प्राधिकरण टाट पल्टिदैछः भट्टराई

२०७९ जेष्ठ ४
काठमाडौं
समखबर संवाददाता

1.4K

प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन् ।

‘अहिले पनि हामी मित्र राष्ट्रबाट महँगोमा बिजुली किनिरहेका छौं, आयात गरिरहेका छौं । महँगोमा किनेको बिजुली हामीले बेच्दा सस्तोमा बेचेका छौं । यसले क्रमशः विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ,’ भट्टराईले भने ।

प्राधिकरणलाई जोगाउने विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै उनले देशभित्र र बाहिरबाट ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए । रेमिट्यान्स घटेको विषयमा छानबिन गर्दा सरकारले गभर्नरमाथि कारबाही गरिएको उनले बताए ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *