समखबर संवाददाता


0 प्रतिक्रिया

1K

बालेन शाहले पाएको मत दलप्रतिको आक्रोश: हरिबोल गजुरेल

२०७९ जेष्ठ ४
काठमाडौं
समखबर संवाददाता

1.3K

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले काठमाडौंको मतदाता प्रतिक्रिया छ, त्यो हामी, राजनीतिक दल र नेताप्रतिको आक्रोश हो ।’

काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले राजनीतिक दलका उम्मेदवारभन्दा करिब दोब्बर मत ल्याएर अग्रता कायम राखिरहँदा गजुरेलले यस्तो बताएका हुन् ।

नागरिकमा राजनीतिक दल र नेताप्रतिको आक्रोश बढेको विषय सोचनीय रहेको भन्दै उनले जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । यसका लागि बजेट बनाउने विषयमा सोच्नुपर्ने उनको भनाइ छ । जनताको चासो र अपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा संविधान नै खतरामा परेको उनको भनाइ छ ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *