समखबर संवाददाता


0 प्रतिक्रिया

1.6K

बारेकोटको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

२०७९ जेष्ठ ४
सुर्खेत
समखबर संवाददाता

2K

जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९ सय ५४ मत ल्याएर निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन् ।

यस्तै, उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी ३६ सय ६३ मत ल्याएर विजयी भएका छन् । उनले एमालेकी उम्मेदवार गिता सिहलाइ पराजित गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसबाट महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए । बारेकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो । एमालेले एक्लै निर्वाचनमा होम्मिएको थियो । अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *