हेटौँडा उपमहानगरपालिका मेयरको मतपरिणाम रोचक बन्दै गएको छ । मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखे पनि एमालेका उम्मेदवार अनन्त पौडेलले मतान्तर घटाउँदै लगेका छन् ।
२ हजारभन्दा बढीको मतान्तर बनाएकी लामा अहिले पौडेलभन्दा ८ सय ५० मतान्तरले अघि छन् । ५१ हजार १ सय ११ मत गणना भइसक्दा मेयरमा लामाले १५ हजार ८ सय २६ र पौडेलले १४ हजार ९ सय ७६ मत प्राप्त गरेका छन् । राप्रपाका दीपकबहादुर सिंहले १४ हजार ४ सय १७ मत सहित तेस्रो स्थानमा छन् ।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका राजेश बानियाँलेअग्रता बढाउँदै लगेका छन् । बानियाँ २३ हजार २ मत प्राप्त गर्दै अग्रस्थानमा रहँदा निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले १६ हजार ७ सय ३५ मत पाएकी छन् । राप्रपाकी इन्दिरा न्यौपाने डल्लाकोटीले ३ हजार ५ सय ९४ मत पाएकी छन् ।