समखबर संवाददाता


0 प्रतिक्रिया

964

एमालेले जित्यो १६४ पालिका प्रमुख

२०७९ जेष्ठ ५
काठमाडौं
समखबर संवाददाता

1.2K

नेकपा एमालेका उम्मेदवार १ सय ६४ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् ।

मतगणना सकिएकामध्ये सबैभन्दा बढी २ सय ५२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसले जित निकालेको छ ।

निर्वाचन आयोगका अनुसार मतगणना जारी भएका पालिकामध्ये ३५ वटामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

गत वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *