समखबर संवाददाता


0 प्रतिक्रिया

792

सभामुख सापकोटाले दिए अर्थमन्त्री शर्मालाई यस्तो निर्देशन !

२०७९ जेष्ठ ५
काठमाडौं
समखबर संवाददाता

990

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् ।

बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ । मंगलबार पेस गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको हो ।

तर, बिहीबार छलफल सुरु भइसक्दा पनि अर्थमन्त्री शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले सभामुख सापकोटाको ध्यानाकर्षण गराए । त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बैठकमा उपस्थित हुन र उनको अनुपस्थित रहुन्जेलसम्म उपस्थित अन्य मन्त्रीले टिपोट गरेर रिपोर्टिङ गर्न पनि निर्देशन दिए ।

यसपछि छलफलमा सहभागी कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि अर्थमन्त्री शर्माको अनुपस्थितको विरोध जनाए ।

990

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *