समखबर संवाददाता


0 प्रतिक्रिया

748

दस्तखत किर्ते गरेको अभियोगमा एक जना पक्राउ

२०७९ जेष्ठ ६
तनहुँ
समखबर संवाददाता

935

सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–७ घर भई व्यास नगरपालिका–२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाल रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको कोठाबाट किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत बरामद गरेको छ ।

उनीमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

935

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *