समखबर संवाददाता


0 प्रतिक्रिया

780

मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित

२०७९ जेष्ठ ६
हेटौंडा
समखबर संवाददाता

975

हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् ।

उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेकोमा ६७ हजार ४ सय ३५ मतगणना गरिसक्दा नै बानियाँ उपमेयरमा निर्वाचित भएका हुन् । पाँच हजार ९ सय ७९ मत गणना बाँकी हुँदा बानियाँले आठ हजार ६ सय ५ मतान्तरले अग्रता बनाएका छन् ।

उनले ३० हजार ३ सय २ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २१ हजार मत प्राप्त गरेकी छन् ।

उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता बनाइरहेकी छन् । लामाले २१ हजार २ सय ३ मत प्राप्त गर्दै अग्रता बनाइरहँदा एमालेका उम्मेदवार अनन्त पौडेलले १९ हजार ३ सय २५ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १८ हजार ६ सय २६ मतसहित तेस्रो स्थानमा छन् ।

हेटौंडा उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आजै सार्वजनिक गर्ने गरी काम भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

975

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *