समखबर संवाददाता


0 प्रतिक्रिया

644

लहानमा कांग्रेस उम्मेदवार महेशप्रसाद चौधरी विजयी

२०७९ जेष्ठ ६
काठमाडौं
समखबर संवाददाता

805

सिरहाको लहान नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार महेशप्रसाद चौधरी विजयी भएका छन् । चौधरीले २० हजार १ सय ५ मत ल्याएर निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चौधरीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार मुनी साह सुडीलाई ८ हजार १ सय ३९ मतान्तरले पराजित गरेका हुन् । पराजित मुनी साह सुडीले ११ हजार ९ सय ६६ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामचलितर महतो निर्वाचित भएका छन् । उनले १२ हजार ५ सय ६९ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार सरियारकुमारी चौधरीले ११ हजार ७ सय ९० मत ल्याएकी छन् ।

805

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *