समखबर संवाददाता


0 प्रतिक्रिया

672

एमालेका उम्मेदवारले दिए गठबन्धनका उम्मेदवारलाई बधाई

२०७९ जेष्ठ ६
हेटौँडा
समखबर संवाददाता

840

हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् ।

जम्मा ७३ हजार ४ सय १४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा २ हजार मतान्तरले अग्रता बनाएकी छन् । ३ हजार ७ सय १८ मत गणना हुने क्रममा रहको छ ।

गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका राजेश बानियाँले मतगणना नसकिँदै आफ्नो जित सुनिश्चित गरेका छन् । मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयर उम्मेदवार सुमित्रा काफ्लेले मतगणना स्थलमै गएर बधाई दिएका हुन् ।

840

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *