समखबर संवाददाता


0 प्रतिक्रिया

664

अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए

२०७९ जेष्ठ ८
काठमाडौं
समखबर संवाददाता

830

काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

गत वैशाख ३० गते भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म भएको मतगणना अनुसार बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लगेका हुन् ।

निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म ३९ हजार ५ सय १५ मत प्राप्त गरिसकेका छन् । उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २ सय ७० मत प्राप्त गरेकी छन् ।

मेयरमा कांग्रेस उम्मेदवार सिर्जनकोभन्दा बालेनले १७ हजार २ सय ४५ बढी मत प्राप्त गरिसकेका छन् ।

एमाले उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा रहेका छन् । स्थापितले हालसम्म २१ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् । स्थापितकोभन्दा बालेनले १७ हजार ७ सय ४० बढी मत प्राप्त गरेका छन् ।

830

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *