समखबर संवाददाता


0 प्रतिक्रिया

768

विपन्‍न नागरिकलाई राहत-विधुत मिटर निःशुल्क जडान गरिने

२०७९ जेष्ठ १०
काठमाडौं
समखबर संवाददाता

960

विपन्‍न वर्गका नागरिकका घरमा विधुत मिटर निशुःल्क जडान गरिने भएको छ । विपन्‍न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो ।

विधुत खपत बढाउन महसुल पुनरवलोकनसमेत गरिने भएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विधुतको महसुल छुट गरिदिएको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन् ।

यस पटक भने सरकारले मिटर जडान निशुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो ।

960

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *