समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

भेरी प्रतिरोध मार्च सम्पन्न (फोटोफिचर) सहित

२०७९ जेष्ठ १०
काठमाडाैं
समखबर संवाददाता

1.7K

रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको दुई वर्ष पुगेको सन्दर्भमा नागरिक अगुवाहरूले आज जात सत्ता विरुद्व भेरी प्रतिरोध मार्च सम्पन्न गरेको छ।

आज जेठ १० गते रुकुम नरसंहारको भएको दुई वर्ष पूरा भएको सम्झनामा प्रतिरोध स्वरुप नागरिक आन्दोलन सहित नागरिक अगुवाहरूले भेरी किनारसम्म प्रतिरोध मार्च गरेका हुन् । भेरी नदी किनारमा पुगेर प्रतिरोधका कविता वाचन, गीत गायन, नाटक प्रदर्शन र खबरदारी सभा लगाएत कार्यक्रम सम्पन्न भएको छ ।

मल्ल थरकी युवतीसंगको प्रेम गरेको कारण नवराज लगाएत ६ जना युवाहरुको सामुहिक हत्या भएको थियो । घटनाका पीडितले अझै पनि न्याय पाएका छैनन् । “बरू राज्य प्रशासन नै घटनालाई तोडमोड गरी भवितव्य घटनाका रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको छ । घटनामा आरोपित ३४ जनामध्ये ११ थुनामुक्त भइसकेका छन् भने २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।”, अधिकार कर्मीले भने ।अदालतले घटनाबारे अन्तिम फैसला सुनाएको छैन । पीडित परिवारले न्याय नपाउनेमा आशंका उत्पन्न भइरहेका बेला सरकार, राजनीतिक दल लगायत सम्बन्धितलाई खबरदारी गर्न प्रतिरोध मार्च गरिएको नागरिक आन्दोलनकर्मी अवय श्रेष्ठले बताएका छन् ।

दलित समुदायमाथि भएको त्यस प्रकारको गम्भीर सामुहिक हत्या (नरसंहार)को सत्यतथ्य बाहिर ल्याउन, अपराधीहरुलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउने उद्देश्यले कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्तरुपमा भेरी प्रतिरोध मार्च कार्यक्रम सम्पन्न गरेको हो ।

जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मा र रुकुम पश्चिम सोतीकी एक मल्ल थरकी किशोरीबीच प्रेम सम्बन्ध थिए । ती किशोरीलाई भगाएर विहे गर्न गएका नवराज र उनका साथीहरूको २०७७ जेठ १० हत्या गरि भेरीमा बगाएको थियो । ज्यान गुमाउनेमा नवराज सहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाही थिए । उत्त घटनामा नवराजका १२ जना साथी समेत घाइते भएका थिए ।

फोटोफिचर

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *