समखबर संवाददाता


0 प्रतिक्रिया

920

अमेरिका : टेक्सासको स्कूलमा एक युवकले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

अमेरिका, सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोब्स इलिमेन्टरी स्कूलमा आक्रमण हुदा २१ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौथो कक्षाका बालबालिका रहेका छन्, अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमणमा मारिनेहरूमा १८ बालबालिका र तीन वयस्क थिए । राज्यका सिनेटर रोलान्ड गुटेरेजले स्थानीय प्रहरीले मृतकको संख्या २१ रहेको बताए ।

संदिग्ध आक्रमणकारी १८ वर्षका युवा थिए । टेक्सासका गभर्नरका अनुसार उक्त युवकको नाम साल्भाडोर रामोस थियो । प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गर्दै भने, “बालबालिका गुमाउनु भनेको तपाईको मुटुको टुक्रा गुमाउनु जस्तै हो । यसले तपाईको छातीमा खालीपन छोड्छ र चीजहरू फेरि कहिल्यै उस्तै हुने छैनन्।”

बन्दुक नीति नयाँ ल्याउन पर्छ : उपराष्टपति कमला ह्यारिस

यसैबीच, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आक्रमणपछि नयाँ बन्दुक नीति ल्याउन माग उठाएकी छन्, ताकि भविष्यमा यस्ता घटना नदोहोरियोस् । वासिङ्टनमा एक कार्यक्रमका क्रममा कमला ह्यारिसले भनिन्, “जति पटक पनि यस्तो दुर्घटना हुन्छ, यसले हाम्रो हृदय टुटाउँछ, तर अझै पनि यो भइरहेको छ । एक राष्ट्रको रूपमा, हामीसँग कडा कदम चाल्ने साहस हुनुपर्छ । नयाँ बन्दुक नीति ल्याउनुपर्छ ताकि फेरि यस्तो घटना नहोस् ।”

स्मरण रहोस्, अमेरिका विश्वभर हतियार उत्पादन र निर्यात गर्नेमा अग्रणी राष्ट्र हो ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.