
समखबर संवाददाता
उपत्यका बाहिर नवलपरासी लगायतका जिल्लाहरुमा पनि बढ्दो महंगी, कालोबजारीको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ । कार्यक्रममा कालो ब्यानर, झण्डासहित पार्टी तथा जबस मोर्चाहरुका झण्डाहरुको समेत प्रयोग गरिएको थियो । कार्यक्रमलाई लक्षित गरी सरकारले ठूलो संख्यामा प्रहरी समेत परिचालन गरेको थियो ।
क्रान्तिकारी माओवादीले महंगी, कालोबजारी लगायत समग्र बजारभाउ नियन्त्रणका लागि देशव्यापी संघर्षको तयारी गरेको छ ।
मूल्यवृद्धिको मारले थिलथिलिएका जनताको जनजीवन अस्तव्यस्त भइरहँदा संसदवादी दलहरु भने तिखेर चुनावी परिणामको जोडघटाउमै मग्न रहेका छन् । उनीहरु जनताको दयनीय अवस्थाप्रति रतिभर पनि संवेदनशील देखिएका छैनन् ।
निर्वाचनमा गरिएको खर्चको असुल उपचर गर्न उद्योगी, व्यापारी, कालोबजारी, माफिया र सरकारको मिलेमतोमा निर्वाचन सकिएकै भोलिपल्ट एकैपटक १० रुपैयाँ मुल्यवृद्धि गरिएको छ । त्यसको केही दिन नबिदैँ पुनः १० रुपैयाँ बढाएर पेट्रोलको मूल्य १ सय ८० प्रति लिटर पु¥याइएको छ भने ग्याँसको मूल्य प्रति सिलिण्डर १८०० पु¥याइएको छ ।
समखबर संवाददाता 

