
समखबर संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले आफ्नो पार्टी सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका हुन् ।
उनले धाँधली गरेर निर्वाचन गराएकोले र प्रमुख प्रतिपक्षी दलका कारण कुनै पनि केन्द्रको मतदान स्थगित नभएको पनि बताए । प्रतिपक्षी दल सकाउने गरी सत्तारुढ गठबन्धन चुनावमा होमिएको आरोप समेत लगाका छन् ।
उनले सरकारको संयन्त्र प्रयोग निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै ओलीले सत्यको सधैँ जित हुने बताए ।
समखबर संवाददाता 

