
समखबर संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आर्थिक चलखेल गरेर आयल निगमलाई निजीकरण गर्न खोजिएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल गर्दै सरकारले सार्वजनिक संस्थानलाई मर्ज गर्ने र नभए निजिकरण गर्ने नीति ल्याउनुको मुख्य आशय आयल निगमलाई निजीकरण गर्नु रहेको बताए ।
आफु पहिलोपटक प्रधानमन्त्री भएका बेला आयल निगम निजीकरण गराउन निकै चलखेल भएको र आफूले थाहा पाएपछि त्यसलाई रोकेको भन्दै ओलीले अहिले पनि त्यो समुह सक्रिय रहेकाले सरकार उनीहरूको चङ्गुलमा परेको हुनसक्ने आशंका गरेको जनाए ।
उनले भारतबाट पाइपलाइन मार्फत पेट्रोल ल्याउन सजिलो भएकोले अब निगम निजीकरण गर्नुपर्ने अवस्था नभएको बताए ।
समखबर संवाददाता 

