समखबर संवाददाता


0 प्रतिक्रिया

704

भोली इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस, विभिन्न कार्यक्रम गर्दै मनाइने

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

880

जनयुद्धका क्रममा पुलिस कष्टडीमा चरम यातना दिएर मारिएका सहिद कृष्ण सेन इच्छुकको सहादत भएको दिन जेठ १३ गते ‘२१औ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ विभिन्न कार्यक्रम गर्दै मनाइने भएको छ ।

पत्रकार तथा सांस्कृति कर्मी कृष्ण सेन इच्छुकले बलिदान दिएको दिनलाई केन्द्र मानेर जनयुद्धका क्रममा शहिद भएका शिव श्रेष्ठ, मस्त विष्ट, च्याङ्वा लामा, चुनु गुरुङ, डि कौडिन्य, ध्रुव ज्ञवाली, हर्षबहादुर शाही लगायत सम्पूर्ण सांस्कृतिक शहिदहरूको सम्मानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक बलिदान दिवस मनाउँदै आएको छ ।

त्यसैगरी क्रान्तिकारी पत्रकार महासङ्घले पनि सोही दिन आफ्ना अग्रज पत्रकार कृष्ण सेन इच्छुकको स्मृति दिवस मनाउँदै आएको छ । भोली जेठ १३ गते काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएर नेपाल पुलिस क्लब अगाडि आएर कोण सभागरी प्रभातफेरी कार्यक्रम सम्पन्न गर्ने जनसांस्कृतिक महासंघका महासचिव हिरामणि दुःखीले बताएका छन् ।

880

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.