समखबर संबाददाता
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह निर्वाचित हुँदा उपमेयरमा सुनिता डंगोल निर्वाचित भएकी छन् ।
उनले नेकपा एकीकृतका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् ।
प्रतिभाशाली युवा नेतृ उनले सुरुमा काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मेयरको आकांक्षीका रुपमा उनले प्रचारप्रसार पनि तीव्र पारेकी थिइन् ।
तर एमाले अध्यक्ष केपी ओलीले उनको एउटा अन्तर्वार्ता सुनेपछि भेट्न बोलाएका थिए । त्यसपछि उनलाई नेकपा एमालेबाट उपमेयरमा उठ्न प्रस्ताव गरिएको थियो ।
विगतमा काठमाडौंका निवर्तमान मेयर विद्यासुन्दर शाक्यको टिममा विज्ञका रूपमा पनि काम गरिसकेकी उनी अन्तिम समयमा नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बनिन् ।
नेकपा एमालेले काठमाडौं उपत्यकामा स्वतन्त्र र युवा उम्मेदवारप्रति मतदाताको आकर्षणलाई ध्यान दिएर उनलाई उपमेयरको उम्मेदवार बनाएको अनुमान गरिएको थियो ।
समखबर संबाददाता