समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

तारा एयर दुर्घटना : थप १२ मृतकको शव काठमाडौं ल्याइयो (हेर्नुस् १० तस्बिरहरू)

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.5K

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ । 

मंगलबार थप १२ जनाको शव ल्याइएसँगै सबै मृतकको शव काठमाडौं ल्याइएको हो । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तीन चालक दल सदस्य र १९ जना यात्रु सवार तारा एयरको ‘टुवीन अटर नाइन एन–एइटी’ विमान सोमबार बिहान मुस्ताङको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । 

सोमबार नै १० जनाको शव काठमाडौं ल्याइएको थियो भने बाँकी १२ जनाको शव मंगलबार ल्याइएको हो । 

शव पोष्टमार्टमका लागि काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा लगिएको छ । पोस्टमार्टम पश्चात् शव सम्बन्धित परिवारजनलाई बुझाइनेछ । 

तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा  दुर्घटनामा परेको थियो ।  विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *