समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

हरिजनको मृत्युबारे छानबिन गर्न गृहले बनायो समिति

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.8K

रोल्पा कारागार मृत्यु भएका सुन्दर हरिजनको बारेमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।

‘मन्त्रिस्तरीय निर्णयबाट छानबिन समिति बनाइएको छ ।’, मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले भने ‘समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यभार दिइएको छ ।’

गत जेठ ४ गते रोल्पा कारगार भित्र हरिजनको शंकास्पद मृत्यु भएको थियो । जसपश्चात् उनी सुर्खेतका विजयबिक्रम शाहको सट्टामा कारागारमा सजाय भोगिरहेको रहस्य खुलेको थियो ।

1.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *