समखबर संवाददाता


0 प्रतिक्रिया

928

उपचार अभावमा शिबराज बिक खोरमा, खोरमा थुनेर टुलुटुलु हेर्नुको बिकल्प छैन : आमा

४ वर्ष अगाडि
उदयपुर
समखबर संवाददाता

1.2K

उपचार खर्च जुटाउन नसक्दा उदयपुरको चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्तेका ३७ वर्षीय शिबराज बिकलाई परिवारले खोरमा थुनेर राखेका छन् ।

उनी रातभरि रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने र केटाकेटीहरुलाई लखेटी लखेटी कुटपिट गर्ने गरेकाले खोरमा थुन्नु परेको परिवारले बताए । उनलाई अभिभावकले खानेकुरा समेत खोरमा लगेर दिने गरेका छन् । मानसिक रोगले ग्रसित उनलाई परिवारले ७ वर्षदेखि खोरमा थुनेर राखेका हुन् ।

छोरालाई खोरमा राख्नु पर्दा धेरै पीडा हुने गरेको आमा सुमित्रा बिकले बताइन । ‘उपचारका लागि कोसिस गर्दागर्दै भएको केही सम्पत्ति पनि सकिएकोले अब छोरालाई खोरमा थुनेर टुलुटुलु हेर्नु परेको छ’ आमा सुमित्राले भनिन् ।

आर्थिक अभाबका कारण उपचार गर्न नसकेपछि खोरमा राख्नु परेको उनका भाई अर्जुन बिकले बताए । दाजुलाई खोरमा थुन्नुको बिकल्प नभएको बताउँदै उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले पेटभरि खुवाउन समेत कठिन भएको छ ।’

घरदेखि अलि पर बाँस घारीमा चारैतिर काठले बारेर जस्ताले छाएको जमिनदेखि चार फिट लग्लो खोरमा ओछयाएर बनाएर उनलाई थुनेर राखिएको छ । कमाएर ल्याउने छोरा नै मानसिक सन्तुलन गुमाएपछि अहिले परिवारमा बिहान बेलुकाको छान टाँर्न समेत समस्या रहेको उनकी आमा सुमित्रा बिकले बताईन् ।

कमाउन भनि २०६९ सालमा काठमाण्डौं गएका उनले कमाएर घरमा पैसा पठाइरहेको तर २०७२ को भूकम्पपछि उनी एकाएक हराए । खोजी गर्दै जाँदा उनी चितवनको नारायण नदी किनारामा मानसिक सन्तुलन गुमेको अबस्थामा फेला परेका थिए ।

त्यसपछि बिराटनगर सुधार केन्द्रमा लगि उपचार गर्दा समेत केही नलागेपछि पुन छरछिमेकी, स्थानीयबासीको सहयोगमा चन्दा उठाएर पाटन मानसिक रोग अस्पताल पुर्‍याएको र त्यहाँ उपचार गरेपछि ठिक भएर आएको आमा सुमित्राले बताईन् । ‘उपचारपछि ठिक भएर आएको केही महिनासम्म राम्रो भएकोले शिबरामको नागरिकता बनाई दिएका थियौं । उनले मलाई पासपोर्ट बनाई दिनु म पैसा कमाउन बिदेश जान्छु भन्दै थियो तर एक्कासी पुन मानसिक सन्तुलन गुमाउन पुग्यो’ उनले भनिन् ।

उपचार गर्दा ठिक हुन्छ तर उपचार गर्ने खर्च नभएर आजसम्म खोरमै राख्नु परेको छ । पाटन अस्पतालमा उपचारपछि ठिक भएको र नियमित औषधि खानु पर्ने तर आर्थिक अभावका कारण अौसधि खान छाडेकोले ठिक नभए पछि उनलाई खोर बनाएर राखिएको हो ।

‘घरको आर्थिक अवस्था ज्यादै कमजोर छ । उपचारका लागि कसैले सहयोग गरि दिए हामी भगवान ठान्द थियौं ।’, उनले भनिन् ।

चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्ते माडिबासस्थित जंगल फडानी गरेर बसेका उनको परिवार ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका छन् । खोरिया फाडेर बसेरका उनीहरुको ७ जनाको परिवार रहेको छ । जनता आबास कार्यक्रमबाट बनाई दिएको सानो घरमा बस्दै आएका उनीहरुको घर वरिपरि करिब ५ कठ्ठा ऐलानी जमिन बाहेक केही छैनन् । आफ्नै जग्गा जमिन नभएका बिक परिवारलाई मजदुरी गरेर खानु पर्ने बाध्यता छ । सम्पत्तिका नाममा एउटा घरमात्रै भएका बिक परिवारलाई हातमुख जोर्ने समस्या छ । सात जनाको बिक परिवारमा शिवराम जेठो सन्तान हुन् ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *