समखबर संवाददाता


0 प्रतिक्रिया

852

मूल्य वृद्धि विरुद्ध ‘प्रतिरोध’ र ‘समाजवादी कृषि आन्दोलन’ द्वारा आयल निगम घेराउ

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.1K

आयल निगमले गरेको इन्धनको मूल्यवृद्धिका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै ‘प्रतिरोध’ र ‘समाजवादी कृषि आन्दोलन’द्वारा आयल निगम घेराउ गरेका छन्।

‘प्रतिरोध’ र ‘समाजवादी कृषि आन्दोलन’ को संयुक्त आयोजनामा उपत्यकाभित्रको लुबुका किसानहरु सहितको उपस्थितिमा आयल निगम घेराउ गरेका हुन्। उनीहरूले तत्काल मूल्यवृद्धि फिर्ता नभए संघर्षका कार्यक्रमहरुलाई बढाउँदै लैजाने चेतावनी दिएका छन्।

‘हामी किसानहरूलाई मूल्यवृद्धिका कारण बाँच्न कठिन परिरहेको छ। राज्यले हामीलाई जहिल्यै मारमा पार्दै आइरहेको छ,’ किसान तथा समाजवादी कृषि आन्दोलनका संयोजक अमृत विकले भने, ‘किसानसँग लड्नुको विकल्प कहिल्यै थिएन र अहिले पनि किसानलाई माथि उठ्न नदिने प्रपञ्च निरन्तर छ। श्रमजीवीले समस्या भोग्नुपर्ने, तर भ्रष्टाचारी र कमिसनखोरीले ऐस–आरामको जीवन बाँच्ने परिस्थितिसँग हामी डटेर लड्नेछौँ।’

उनले यो राज्यव्यवस्था श्रमजीवीको नभएको र यसको विकल्पमा श्रमिक किसानको सत्ता स्थापना तर्फ अघि बढ्नु पर्ने बताए।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *