समखबर संवाददाता


0 प्रतिक्रिया

992

तनहुँमा स्कुटर र टिपर ठोक्किँदा एक जनाको मृत्यु

४ वर्ष अगाडि
तनहुँ
समखबर संवाददाता

1.2K

तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा हिजो साँझ स्कुटर र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक तनँहुको बन्दिपुर गाउँपालिका–१ का अन्दाजी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन् । 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा साँझ सवा ६ बजे मृत्यु भएको हो । 

दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको क्षेत्री सवार ग १५ प १४८४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग १ क ५५३३ नम्बरको टिपर हिजो साँझ ६ बजे आपसमा ठोक्किएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *