समखबर संवाददाता


0 प्रतिक्रिया

996

वडा अध्यक्ष कप फुटबल बिहीबारदेखि

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १४ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जनाएका छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले जानकारी गराए । उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

सिक्स ए साइड स्वरूपमा हुने नकआउट प्रतियोगिताका खेलहरू चाबहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा हुनेछ । फाइनल जेठ ३१ गते हुनेछ ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *