समखबर संवाददाता


0 प्रतिक्रिया

940

समाचार प्रभाव : आर्थिक अभावमा ७ वर्षदेखि खोरमा थुनिएका शिबराज विकको उद्धार, अस्पताल पठाइयो

४ वर्ष अगाडि
उदयपुर
समखबर संवाददाता

1.2K

उपचार खर्च जुटाउन नसकेर ७ वर्षदेखि खोरमा थुनिएका ३७ वर्षीय शिबराज विश्वकर्माको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उद्धार गरि सोमबार उपचारका लागि विराटनगर पठाएका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्ते माडिबास बस्ने विश्वकर्मा ७ वर्षदेखि खोरमा थुनिएका थिए र यसबारे समखबर डटकमले (उपचार अभावमा शिबराज बिक खोरमा, खोरमा थुनेर टुलुटुलु हेर्नुको बिकल्प छैन : आमा) समाचार प्रकाशित गरेको थियो ।

मानसिक समस्यामा रहेका उनलाई परिवारका सदस्यले खोरमा थुनेर राखेका थिए ।

उनलाई नगर प्रमुख कालुमान लामाले घरमै पुगेर सम्पूर्ण उपचार खर्च नगरपालिकाले ब्यहोर्ने गरि नगरपालिकाको एम्बुलेन्समा उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएका छन् ।

बिश्वकर्माको उपचारमा लाग्ने सम्र्पूण खर्च नगरपालिकाले ब्यहोर्ने र उपचारमा जाने कुरुवा समेतको खर्च नगरपालिकाले ब्यहोर्ने लामाले बताए ।

घरदेखि अलि पर बाँस घारीमा चारैतिर काठले बारेर जस्ताले छाएको जमिनदेखि चार फिट लग्लो खोरमा ओछयाएर बनाएर उनलाई थुनेर राखिएको छ ।

उनी रातभरि रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने, केटाकेटीहरुलाई लखेट्ने, कपडा फुकालेर हिँड्ने गरेपछि बाध्यता बस त्यहाँ राख्नु परेको परिवारका सदस्यको भनाइ थियो ।

विभिन्न रोगले ग्रसित बिपन्न परिवारका सदस्यहरुलाई नगरपालिकाले निःशुल्क उपचारको ब्यवस्था मिलाउने नगर प्रमुख लामाले बताए । उद्धारका लागि दुई जना नगर प्रहरी, स्वास्थ्यकर्मी सहितको टोलीले विश्वकर्मालाई खोरबाट निकालेर नुवाईधुवाइ र सरसफाइ गरि एम्बुलेन्समा कोशी अस्पताल बिराटनगर पठाएको थियो ।

उनीसँगै नगरपालिकाका दुई जना नगर प्रहरी र कुरुवाका लागि भाइ अर्जुन विश्वकर्मा साथै गएका छन् ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *