समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

सार्वजनिक ढुंगेधाराकाे विद्यार्थीले गरे सरसफाई

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.8K

एक सम्पदा एक स्कुल सरसफाई’ कार्यक्रमअन्तर्गत भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुल मिवाछे व्यासीका विद्यार्थीले  स्कुल नजिकै रहेको सुकपाली हिटी (सार्वजनिक ढुंगेधारा)को सरसफाई गरेका छन् । 

स्कुलका कक्षा ९ मा अध्ययनरत २७ जना छात्रछात्राहरूले सामुहिक रुपमा धाराे  र आसपासकाे क्षाेत्र सरसफाई गरेका हुन्  । उनीहरूलाई चार जना शिक्षकशिक्षिकाले सहयाेग गरेका थिए ।

उनीहरूले त्यहाँं रहेका झारपात उखेल्ने, बन्द भएको पानीको निकास खोल्ने, जाम भइ बसेको पानी निकाली फाल्ने लगायतका काम गरेका थिए ।

आ-आफ्नो घर अगाडिको पुरानो ऐतिहासिक ढुंगेधारा सफा गर्न विद्यार्थी आएको देखेपछि स्थानीय खुशी भएका थिए । त्यसपछि उनीहरू पनि छात्रछात्राहरुसँंगै सरसफाईमा जुटेका थिए । यो ढुंगेधारा भक्तपुर नगरपालिका-२ इटापाकेमा रहेको छ । भक्तपुर नगरपालिकाले नगरभरिका ९२ वटा स्कुललाई नजिकैको एउटा एउटा सम्पदा सफा राख्न पत्राचार गरेको थियाे । 

Avatar

1.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *