समखबर संवाददाता


0 प्रतिक्रिया

656

सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

820

सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला परेकी छन् । 

सुर्खेतको गुर्भाकोट नगरपालिका–५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । 

शनिबार भोजमा गएर फर्केकी हजुरआमा घरमा आउँदा नातिनी नदेखेपछि खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा खाल्डोमा अर्ध गाडिएको र निधारमा चोट लागेको अवस्थामा उनको शव फेला परेको हो । 

घटनाको आवश्यक अनुसन्धान एवम् सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

820

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *