समखबर संवाददाता


0 प्रतिक्रिया

816

अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित

४ वर्ष अगाडि
एजेन्सी, न्युयोर्क
समखबर संवाददाता

1K

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ ।

 यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विद्येयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए । 
अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । तर, माथिल्लो सदनबाट पारित हुने सम्भावन कम रहेको बताइन्छ । 

तर, सदनमा विधेयक पारित भएपछि डेमोक्र्याटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ । यसै वर्षको नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *