समखबर संबाददाता


0 प्रतिक्रिया

1.4K

कोटा खाली हुँदा हुँदै पनि दलित विद्यार्थीहरूले पाएनन् गुरुकुलमा भर्ना !

४ वर्ष अगाडि
काठमाडौ
समखबर संबाददाता

1.7K

दलित भएकै कारण गुरुकुलका विद्यार्थीहरूलाई भर्ना हुनबाट रोकेका छन् । काठमाडौको शंखमूलस्थित श्रीजगदगुरु आदर्श संस्कृत गुरुकुलका विद्यार्थीहरूलाई प्रा. तेज प्रसाद भट्टराईले दलित भएकै कारण भर्ना हुनबाट रोकेका हुन् ।

केही दिन पहिला वर्ल्ड हिन्दु अर्गनाइजेसनका दक्षिण एशिया प्रमुख एवं समानता अभियान नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त पौडेलसंग उनले गुरुकुलमा कोटा खाली रहेको जानकारी गराए पछी बर्दियाबाट सुनार समुदायका समीर सुनार भुवेश्वर सुनार भीम सुनार विराज सुनारलाई काठमाडौको समानता अभियान नेपाल नामक संस्थाको केन्द्रीय कार्यालयमा ल्याएर विधिवत् मुण्डन गरेर टुप्पी राखेर व्रतबन्ध गराइदिएर गायत्री मन्त्र दिएर भोलिपल्ट सल्लाह बमोजिम सो गुरुकुलमा बालक लगियो र भर्ना गराउने सल्लाह भयो त्यतिबेला सम्म गुरुकुलका प्राचार्यलाई यी बालक दलित हुन् भन्ने थाहा दिइएको थिएन ।

गुरुकुलका संरक्षक कथित जगद्गुरु मोहन शरण देवाचार्य र संस्थाका अध्यक्ष टीकाराम अर्यालले पनि भर्ना गराउने अनुमति दिएका थिए । तर दलित भएको थाहा पाएपछि होस्टलमा कोठा नभको बहाना बनाएर एकाबिहानै गुरुकुल छोड्न प्रा. भट्टराईले दबाब दिए ।

बर्दियाबाट आफ्ना बालक लिएर आएका विद्यार्थीका अभिभावक नरेन्द्र सुनारले भने हाम्रो आर्थिक अवस्था नाजुक छ हामी हाम्रो बालकलाई गुरुकुलमा संस्कृत पढाउन खोजेको थियौं तर प्राचार्यले सपना माथी पानी फेरिदिए । बालक र उनका अभिभावकहरू यतिबेला समानता अभियान नेपालको केन्द्रीय कार्यालय बसुन्धरामा छन् ।

उता संस्थाका संरक्षक जगदगुरु मोहन शरण देवाचार्य र संस्थाका अध्यक्ष टीकाराम अर्यालले दलित बालकलाई गुरुकुल बाट फिर्ता गराउनुमा आफ्नो कुनै हात नरहेको र प्राचार्यले भर्ना गराउनु भन्दा पनि नमानेको गुनासो गरे। साभार

1.7K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *