समखबर संवाददाता
पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय ६२ जनाको पीसीआर र १ हजार २ सय ९१ जनाको एन्टीजेन गरी हजार ४ सय ५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआरबाट ११ र एन्टीजेनबाट ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १ सय ६ जना रहेको छ ।
समखबर संवाददाता