समखबर संवाददाता


0 प्रतिक्रिया

768

रोनाल्डोबिना पोर्चुगलको हार

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

960

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ । 

घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । 

चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन् । हारसँगै पोर्चुगलले समूह ए२ को शीर्षस्थानमा उक्लने मौका गुमायो । 

४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । स्विजरल्यान्ड ३ अंक सहित पुछारमा छ । समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्षस्थानमा छ । 

960

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *