समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

थाहा पाउनुहोस् आजको तरकारी तथा फलफूलको मूल्य !

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.7K

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले सोमबार सार्वजनिक गरेको फलफूत तथा तरकारीको मूल्यअनुसार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २ सय २५ रुपैयाँ र अदुवा ५५ रुपैयाँ रहेको छ ।

साथै अनार ३ सय २५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, आभोकाडो ५ सय २५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३१ रुपैयाँ, इमली १ सय ७० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काक्रो ६५ रुपैयाँ र हाइब्रीड काक्रो ३५ रुपैयाँ रहेको छ ।

यसैगरी कागतीको औसत मूल्य प्रतिकेजी १ सय ७५ रुपैयाँ, किवि ५ सय २५ रुपैयाँ, कुरीलो २ सय २५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, बुलेट हरियो खुर्सानी ४५ रुपैयाँ, सुकेको खुर्सानी ३ सय ७५ रुपैयाँ, हरियो खुर्सानी ५५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, टनेल गोलभेडा ४३ रुपैयाँ, लोकल सानो गोलभेडा ३३ रुपैयाँ, राजमा घिउ सिमी ७५ रुपैयाँ र घिरौला ३५ रुपैयाँ रहेको छ ।

त्यस्तै, चिचिन्डो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३ सय ७५ रुपैयाँ, जिरीको साग ९५ रुपैयाँ, हरियो तरबुजा ४५ रुपैयाँ, छडी माछा २ सय ४० रुपैयाँ, रहु माछा ३ सय १५ रुपैयाँ, तामा १ सय १५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, परवर ३७ रुपैयाँ ५० पैसा, पुदीना २ सय २५ रुपैयाँ, रायोको साग ५५ रुपैयाँ, सलगम ७५ रुपैयाँ र ज्यापु काउली ६५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *