समखबर संवाददाता


0 प्रतिक्रिया

988

नेसनल हेराल्ड काण्डमा राहुल गान्धीमाथि सोधपुछ हुँदै, कांग्रेस कार्यकर्ताद्धारा विभिन्न ठाउँमा विरोध प्रर्दशन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

नेसनल हेराल्ड काण्डमा पार्टी नेतृ सोनिया गान्धी र राहुल गान्धीलाई कारबाही गरेको विरोधमा उत्रिएका भारतीय कांग्रेस पार्टीका कार्यकर्तालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा राहुल गान्धी आज प्रवर्तन निर्देशनालयमा उपस्थित हुँदैछन् । निर्देशनालयले सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलबारे अनुसन्धान गरिरहेको छ ।

त्यसैको विरोधमा कांग्रेस कार्यकर्ताले नयाँ दिल्लीलगायतका सहरमा विरोध प्रदर्शन गरेका छन् । निर्देशनालयमा वरपर प्रहरीले निषेधाज्ञा जारी गरेको छ । कांग्रेस नेताहरूले निषेधाज्ञाबारे पुनर्विचार गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।

पार्टीले आफ्ना नेतामाथि लगाइएका आरोप ‘नक्कली र आधारहीन’ भएको र भाजपाले ‘बदलाको राजनीति’ गरेको आरोप लगाएको छ ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *