समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

गण्डकीको नीति तथा कार्यक्रम पारित, सरकारलाई खुल्यो बजेट ल्याउन बाटो

४ वर्ष अगाडि
पोखरा
समखबर संवाददाता

1.4K

गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हो । २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए ।

त्यसपछि छलफल गरेर सोमबार पास गरिएको हो । योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । १ असारमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले आगामी वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

यो बजेट नै बहालवाला सरकारको अन्तिम बजेट र नीति तथा कार्यक्रम हुनेछ । संघले मंसिर पहिलो साता आमनिर्वाचन गर्ने तयारी समेत गरेको छ । गण्डकीमा पहिले बनेको सरकार ढलेर अघिल्लो वर्षको २९ जेठमा गठबन्धनको नयाँ सरकार बनेको हो । पहिले एमाले र माओवादी तथा जनमोर्चाको समर्थनमा दुई तिहाई बहुमतको सरकार बनेको थियो ।

५ पुसपछि प्रतिनिधिसभा विघटनको घटनाले सबैभन्दा पहिले गण्डकीको सरकार परिवर्तन भएको हो । एमालेका नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको सरकार ढलेर कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार बनेको छ ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *