समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

सेफ नेपालका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.5K

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सेफ नेपाल नामक संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा अध्यक्ष यादवले नक्कली बिल भरपाई तयार गरी १ लाख ७२ हजार २४० रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *