समखबर संवाददाता


0 प्रतिक्रिया

956

एमाले उपमहासचिव ज्ञवाली भन्छन् नेपालको अवस्था युक्रेनभन्दा संवेदनशील छ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अहिले नेपाल युक्रेनभन्दा संवेदशिल अवस्थामा रहेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले संयम भएर परराष्ट्र नीतिको अभ्यास गर्न सरकारलाई सचेत गराएका छन् ।

‘आज युक्रेनमा जे देखिएको छ । त्यसतर्फ हामीले पनि ख्यल्ल गर्नुपर्ने हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने ।

वर्तमान सरकारले चीनसँग गरेको व्यवहार ठिक नभएको समेत उनले बताए ।

‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अनुदानमा पाए लिने नत्र नलिने । सित्तैमा पाए अलकत्रा खाने हो । चीनसँग वर्तमान सरकारको नीति ठिक भएन,’ उपमहासचिव ज्ञवालीले भने, ‘ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्छ । हामीले कुनै सहायता सित्तैमा पाए पनि लिनु हुँदैन । तर, आवश्यकता प¥यो भने ऋण पनि लिने हाम्रो नीति हो ।’

केही दिनअघि तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमणप्रति उनले आपत्ति जनाए । उनले भने, ‘छिमेकलाई र उसको चासोलाई बेवास्था गरेर हामी जे गर्दैछौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ ।’

समग्रमा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक नभएको उनले बताए । वर्तमान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सुरुमै बिदेशीका लागि कन्फरटेवल सरकार भनेर परराष्ट्र नितिबारे गलत अभ्यास सुरु गरेको आरोप उनले लगाए ।

‘सीमाबारे हामीले कालापानीलाई संविधान नै समेटेर नक्सामा राख्यौं । त्यो भुभाग लिनेतिर ध्यान दिएनौं । बरु समस्या नै नभएको चीनबारे सिमा मिचिएको भनी अध्ययन गर्यौं । के आयो रिजल्ट ?,’ उपमहासचिव ज्ञवालीले प्रश्न गरे ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *