समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

योजनाको भुक्तानी दिने बेला सोरु गाउँपालिका तीन महिनादेखि लेखापालविहीन

४ वर्ष अगाडि
मुगु
समखबर संवाददाता

1.4K

सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक काम कारबाही ठप्प भएको छ । गाउँपालिकाका निवर्तमान लेखापाल जेठबहादुर बुढा गत फागुनमा सरुवा भई दैलेख गएपछि गाउँपालिकामा आर्थिक कारोबारमा समस्या भएको हो ।

काम चलाउन गमगढी, नाक्चेनाङला सडकमा कार्यरत लेखापाल राजबहादुर भण्डारीलाई केही दिनका लागि काजमा ल्याए पनि उनी दुईपछि फिर्ता भएका थिए । असार मसान्त नजिकिँदै गर्दा पालिकामा आर्थिक कारोबार हेर्न लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारी तलब निकासामा समस्या भएको सोरु गाउँपालिकाले जनाएको छ ।

कोही पनि लेखापाल सोरु गाउँपालिकामा जान मान्दैनन् । लेखाका काम नहुँदा अरु काम समेत प्रभावित भएका छन् । पालिकामा सञ्चालित योजनाहरूको अन्तिम भुक्तानी लिन उपभोक्ता समितिका पदाधिकारीहरू फाइल बोकेर दिनका दिन पालिकामा आउने गरे पनि रित्तो हात फर्किने गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर सेजुवालले जानकारी दिए ।

लेखापाल नहुँदा स्थायी कर्मचारीले दुई र अस्थायी कर्मचारीले पाँच महिनादेखि तलब पाएका छैनन् । कोष तथा लेखा नियन्त्रक र अन्य कार्यालयमा कार्यरत लेखापालहरूलाई सेजुवालले काम गरिदिन आग्रह गरे पनि सबैले अस्वीकार गरिरहेको उनको भनाइ छ ।

1.4K

Soru village municipality has been without an accountant for three months while paying for the scheme

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *