समखबर संवाददाता


0 प्रतिक्रिया

968

विश्व रक्तदाता दिवसमा ५० पटकभन्दा बढी रक्तदान गर्ने सात जनालाई स्वर्ण र प्रशंसापत्रबाट सम्मान

४ वर्ष अगाडि
भैरहवा
समखबर संवाददाता

1.2K

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा केन्द्र बुटवलले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाता सम्मान कार्यक्रम गरेर मनाएको छ । १४ जुनलाई विश्वभर नै रक्तदाता दिवसका रुपमा मनाईदै आएको छ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान अभियान चलाएर बुटवलको परिचय बनेको बताए। रक्तदानबारे जनचेतनाको अझै पनि कमी देखिएको भन्दै यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा ५० पटकभन्दा बढी रक्तदान गर्ने सात जना दातालाई स्वर्ण र प्रशंसापत्रबाट सम्मान गरिएको थियो । यसैगरी २५ पटकभन्दा बढी रक्तदान गर्ने २९ जना दाताहरुलाई रजत र प्रशंसापत्र तथा ४० जनालाई प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो ।

1.2K

Seven people who donated blood more than 50 times on World Blood Donor Day were honored with gold and certificates

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *