समखबर संवाददाता
को हुन् चे ?
काे हुन् चे?
अनि भनाैँ हामी चे का फ्यान हौँ या साँच्चै चे जस्तै छौँ ?
क्रान्तिकारीको पर्यावाची हुन् चे।
निडरता, त्याग र बलिदानका संवाहक हुन् चे।
केही नहुनेहरुका धेरै थोक हुन् चे।
मुक्तिको सत्यनिष्ठ इमानदार योद्धा हुन् चे।
वर्गसंघर्षका लडाकु हुन् चे।
उत्पीडितहरुको कमरेड हुन् चे।
शोषकहरु विरुद्धको दुई धारे तरवार हुन् चे।
असंख्य क्रान्तिकारीहरुको हौसला र प्रेरणा हुन् चे।…….
साथसाथै,

शोषकहरुको शान्ति भङ्ग तुल्याउने,
उनै शोषकहरुको भाषामा ‘आतंककारी’ हुन् चे।
आफ्नो भन्नू सबथोक छोडेर झुपडीहरुमा बास खोज्दै हिड्ने,
सम्भ्रान्तहरुको भाषामा ‘पागल’ हुन् चे।
मृत्युलाई चुनौती दिँदै शोषकहरुको चिहान खन्न उसकै हेर्ड’कवाटरहरुमा छिरेर बम बर्साइ हिँड्ने,
काँतरहरुको भाषामा ‘बौलाहा’ हुन् चे।
सारा घाउ चोट सहेर दिन दुखी सर्वहाराहरुलाई मलम लगाउन हिँड्ने,
उनका डाक्टरी साथीहरूको भाषामा ‘मानसिक सन्तुलन गुमाएका चिकित्सक’ हुन् चे।
आफ्नो छोराछोरीको प्रगति सुनाउदै चे लाई उनकै बाआमाको अगाडि पखालिरहने
तीनै छिमेकीहरुको भाषामा ‘लफङ्गा’ हुन् चे।
अन्तर्राष्ट्रियवादी सिङ्गो पृथ्वीलाई आफ्नो घर ठान्ने चे,
साम्राज्यवादीहरुका लागि उनीहरुकै भाषामा ‘मोस्ट वान्टेड क्रिमिनल’ हुन् चे।
अरुको शोषण र श्रममा बाँच्ने परजीवी शोषकहरुको चौरासी व्यञ्जनमा
बज्रिरहने उनीहरू कै भाषामा ‘दातमा लाग्ने ढुंगा’ हुन् चे।
आफ्ना समकालीन,काखमै सन्तान हुर्काएका,
सन्तानको भविष्यबारे सोचिहने बाबु आमाहरुका भाषामा हुन नसकेका ‘बाबू’ हुन् चे।…
ओहाे! कति जटिल छन् चे।
यति धेरै कुराहरुले मात्र चे हुनुकाे अर्थ राख्न सक्छ भने,
समयकाे याे कठघरामा उभिएर आफैलाई प्रश्न गराैं,कि
हामी चे का फ्यान हौं या साँच्चै चे जस्तै छौँ ?
समखबर संवाददाता