समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

एमालेद्धारा अर्थमन्त्री शर्माको राजीनामा माग

४ वर्ष अगाडि
काठमाडौँ
समखबर संवाददाता

1.3K

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले करको दर फेरफेरका विषयमा प्रश्न उठेपछि नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने भन्दै राजीनामा दिनुपर्ने बताए गम्भीर विषयको गम्भीरतताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्‍मा यसका बारेमा प्रस्ट नपार्नु आपत्तिजनक कुरा भएको उनले बताए।

उनले करको विषय ज्यादै गोपनीय र राष्ट्रिय सुरक्षा जस्तै विषय भएकाले यस विषयमा छानविन हुनुपर्ने माग गरे। सांसद पाण्डेले करका दरमाथिको छलफल चलिरहेको बेलामा मन्त्रीलाई बाहेक कसैलाई फोन राख्ने अधिकार नभएको र सचिवका टेलिफोन दराजमा राखेर छलफल गर्ने चलन रहेको धारणा राखे।

अर्थमन्त्रीको जवाफ माग गर्दै एमाले सांसदहरु उठेर विरोध गरेपछि सभामुख अग्नी सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए। अर्थमन्त्री शर्मालाई बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर व्यक्तिगत स्वार्थमा करको दर हेरफेर गरेको आरोप लागेको छ ।

1.3K

UML demands resignation of Finance Minister Sharma

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *