समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.4K

काठमाडौंको टोखा नगरपालीका–६ धापासी डाँफे कोलनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिंदा पछाडी सवार बालक गम्भीर घाइते भएका थिए । कार सहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

1.4K

Five-year-old boy dies in car crash

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *