समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

डुबेर दुई जनाको मृत्यु

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.7K

नुवाकोट र नवलपरासी (पश्चिम) मा डुबेर दुई जनाको मृत्यु भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित तोरी स्वाँरा खोलामा डुबेर सोही नगरपालिका–६ सिउरानी बस्ने ६५ वर्षीय मुराली सार्कीको मंगलबार साँझ मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम) को पाल्हिनन्दन गाउँपालिका–२ झरही खोलामा डुबेर सोही गाउँपालिका सुगौली बस्ने धर्मेन्द्र हरिजनको छोरा ११ वर्षीय पवन हरिजनको मंगलबार मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *