समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

विद्यालयअघिका साथीसँग खेल्ने बालबालिकामा मानसिक स्वास्थ्य जोखिम न्यूनः अध्ययन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.5K

सानै उमेरमा अरूसँग राम्रोसँग खेल्न सिक्ने बालबालिकाको मानसिक स्वास्थ्य पछि राम्रो हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ । अन्य बच्चाहरूसँग सफलतापूर्वक खेल्ने क्षमताले मानसिक स्वास्थ्यमा सुरक्षात्मक प्रभाव पार्ने अध्ययनको निस्कर्ष छ । क्याम्ब्रिज विश्वविद्यालयका अन्वेषकहरूले तीन र सात वर्षको उमेरमा जम्मा गरेका झण्डै १७ सय बालबालिकाको तथ्यांक विश्लेषण गरेका थिए ।

तीन वर्षको उमेरमा साथीहरू राम्रो खेल्ने क्षमता भएकाहरूले लगातार चार वर्षपछि खराब मानसिक स्वास्थ्यको न्यून लक्षण देखाएका थिए ।
तिनीहरूमा न्यून हाइपरएक्टिभिटी देखिएको, आचरण र भावनात्मक समस्यबारे आमाबाबु र शिक्षकहरूले थोरै गुनासो गरेको र तिनीहरू अन्य बच्चाहरूसँग थोरै झगडा वा न्यून असहमति राख्ने गरेको अध्ययनमा उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले विशेषगरी मानसिक स्वास्थ्य समस्याको जोखिममा रहेका बच्चाहरूको उपसमूहहरूमा केन्द्रित गर्दा पनि उक्त ‘कनेक्सन’ले काम गरेको थियो ।
मानसिक स्वास्थ्यको लागि अन्य जोखिम कारक तत्वहरू–जस्तै गरिबीको स्तर, गर्भावस्थाको समयमा वा त्सपछि आमामा गम्भीर मनोवैज्ञानिक संकटको अनुभव इत्यादिले पनि बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको हुन्छ ।

मानसिक स्वास्थ्य समस्याहरूको जोखिममा पर्न सक्ने साना बालबालिकाहरूलाई साथीहरूसँग खेल्ने अवसर दिनुपर्ने अध्ययनको निस्कर्ष छ ।
शोधको नतिजा ‘बाल मनोचिकित्सा र मानव विकास’ जर्नलमा प्रकाशित छ । एजेन्सी

1.5K

Mental Health Risk Reduction in Children Playing with Pre-School Friends: Study

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *